सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा रमेश राज अर्याल नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई नियुक्त गरेको छ । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) वाट बैंकिङ करियर प्रारम्भ गर्नु भएका नवनियुक्त स्वतन्त्र संचालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा संलग्न छन् ।

निजसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव समेत रहेको छ । त्रिभुवन विश्व विद्यालयवाट एम.बि.ए. हासिल गर्नु भएका निजले स्वदेश तथा विदेशमा गरी दर्जनौ बैंकिङ सम्बन्धी विशेष प्रशिक्षण लिनु भएको साथै लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव रहेको छ ।

यस अघि बैंकको स्वतन्त्र संचालकमा नेपाल सरकारका पूर्व सचिवद्वय बालकृष्ण प्रसाई तथा अवनिन्द्र श्रेष्ठ एवम् प्रतिष्ठित बाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ तथा अनिल ज्ञवालीले समेत योगदान गरेका थिए । रमेश राज अर्यालको नियुक्तिमा बैंकलाई सुशासन तथा बैंकिङ जग थप मजवुत बनाउन सहयोग पुग्ने बिश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९वटा ए.टि.एम. र ९७ वटाशाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकि सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स