नबिल बैंकद्वारा ३९औं वार्षिक साधारण सभा आह्वान

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले सभा पुष १३ गते गर्ने निर्णाय गरेको हो ।

बैंकले सभा पुष १३ गतेका दिन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजना गरेको छ । सभा बिहान १० बजेदेखि सुरु हुने बैंकले जनाएको छ ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ११ प्रतिशत नगद लाभांश पारित गर्ने छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

त्यस्तै, सभाको मिति तय गरिसकेको कम्पनीले बुक क्लोजको हालसम्म मिति तय गरेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स