फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिरर १३ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९ सय ५६ रुपैयाँ रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स