काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ ।
आम जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिए ।
उक्त भिडियोहरुमा मोबाइल बैंकिङको प्रयोग, धारा–बत्ती तथा स्कूलकोबिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यू आर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्दि हुने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकले नेशनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।
एभरेष्ट बैंकको डिजिटल साक्षरता जगाउने साला भिनाजुको सम्वाद
राधे (भिनाजु): ई….. ह्यात तेरिका, आफूले लेखेको पनि बुझ्दिन त । कति हो यो ?
राधे (साला): भिनाजु यी भित्रै…घुस्न लाग्नु भो कि क्या हो तपाई ?
(भिनाजु):नकरा यो हिसाब किताब गर्रौ भनेको केही बुझिन क्या मैले ।
(साला): भिनाजु पनि, मोबाइल बैकिङ खोल्नुस् न । सबै रेकर्ड हेर्न त्यहाँ । मान्छे यहाँ एभरेष्ट……. पुगिसक्यो । तपाई भने यहि पुरानो रजिष्टर ।
(भिनाजु): ए हो र लौ लौ सिकाइदे न त कसरी खोल्ने मोबाइल बैंकिङ ।