सेबोनद्वारा नबील बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि अनुमति प्रदान

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबील बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमति प्रदान गरेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

कुल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी १८ लाख इकाई कम्पनीले आफै विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकको उक्त ऋणपत्रको अवधि सात वर्षको हुनेछ भने ऋणपत्रमा ९ प्रतिशत ब्याजदर तोकिएको छ ।

कम्पनीको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स