प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख आर्थिक सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ ।

नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ५० लाखकोे चेक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष हस्तान्तरण गरेका छन् । नेपाल बैंक लिमिटेडबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

उक्त कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीज्यूले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर ज.ब.रा., का.मु.प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा बरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो ।

कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला केन्द«बिन्दु भएर कार्तिक १७ गते मध्यरात गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले उक्त सहयोग गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स