कुमारी बैंकको ९१ हजार ६३८ कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनी लीलाबहादुर गुरुङको नाममा रहेको ९१ हजार ६३८ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बिक्रिमा राखिएको उक्त सेयरमा बैंकका हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र सर्वसाधरणको लागी आवेदन खुलाइने छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं टंगाल आइपुग्ने गरि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स