कामना सेवा विकास बैंकका ग्राहकलाई वेस्टर्न एशियन होटेलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित वेस्टर्न एशियन होटेल प्रालिसँग सेवा शुल्क छूट सम्बन्धि सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत कम्पनीका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छूट प्राप्त गर्न सक्नेछन् कम्पनीसँग आवद्धताको प्रमाणको आधारमा उक्त होटलबाट यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने अपेक्षा गरेको कम्पनीले बताएको छ ।

हाल कम्पनीले आफ्ना १३५ सञ्जालहरु तथा ७७ वटा एटीएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स