काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी चयन भएका छन् ।
कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समेत रहेका केसीलाई अध्यक्षमा चयन गरेको हो । सोही बैठकले कम्पनीका अध्यक्ष डा उपेन्द्र महतोले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।
बैंकमा संस्थापक सेयरधनीका तर्फबाट संचालक तथा अध्यक्ष रहेका डा. महतोले मंसिर ७ गतेनै अध्यक्ष तथा संचालक पदबाट राजिनामा दिएका हुन् ।
अध्यक्ष केसीसँग पोखरा बचत तथा ऋण सहकारी लिमिटेड, भगवती हाइड्रोपावर र सिक्लेस हाइड्रोपावर, गण्डकी हाइड्रोपावर डेभलपमेन्टमा सञ्चालक भएर काम गरेको अनुभव रहेको छ ।
उनी के.सी. कन्स्ट्रक्सन प्रा.लि. सञ्चालन गरिरहेका छन् ।