अभियान लघुवित्तको खुद नाफा ऋणात्मक, अन्य सूचकांक पनि कस्ता ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको नाफा २ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । चालु आवको पहिलो त्रैमासमा त्रैमासमा प्रकाशित गरेको वित्तीय विवरणमा लघुवित्तको खुद नाफा ऋणात्मक देखिएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ३ लाख रुपैयाँ धनात्मक रहेको थियो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा ऋणात्मक हुन पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.९९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५८.६९ प्रतिशत घटेको छ ।

लघुवित्तको कुल सञ्चालन आम्दानी ४७ प्रतिशत घटेको छ । असोज मसान्तसम्ममा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको यस्तो आम्दानी ४५ रुपैयाँ ३७ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९९.६ प्रतिशत रहेको छ।

२५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोष ९ लाख ९१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । पछिल्लो ३ महिनामा लघुवित्तको निक्षेप ४.५४ प्रतिशत बढेको छ भने कर्जा ३.४४ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स