एनआईसी एशिया ग्रोथ फण्ड–२ मा लगानी गर्ने अवसर, हजारदेखि १० करोडसम्म लगानी गर्न सकिने

काठमाडौं । मुलुकको आर्थिक गतिविधि सुस्ताइरहेको यस समयमा लगानी गरेर प्रतिफल निकाल्न निकै गाह्रो हुनसक्छ । अनेक सोच विचार गरेर सुरक्षित ठाउँमा लगानी गर्दा आफ्नो लगानी सुरक्षित हुने र उच्च प्रतिफल पनि निकाल्न सकिन्छ । नेपालको सेयर बजार पछिल्लो २.५ वर्षदेखि घट्दो अर्थात बियरिस साइकलमा रहेको छ ।

जसले गर्दा राम्रोसँग अध्ययन अनुसन्धान गरेर लगानी नगरेको अवस्थामा प्रतिफल प्राप्त गर्न एकदमै कठिन हुन सक्छ । तर, विज्ञ एवम व्यवसायीक व्यवस्थापकबाट बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर लगानी गर्ने हुँदा सामूहिक लगानी कोष मार्फत गरिएको लगानी बढी सुरक्षित हुनुको साथै उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ ।
आफ्नो मिहिनेतको कमाइ लगानी गर्ने उपयुक्त ठाउँ खोजिमा हुनुहुन्छ भने नेपालको अग्रणी बैंक एन आई सी एशिया बैंक लिमिटेड कोष प्रबद्र्धक र एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एन आई सी एशिया ग्रोथ फण्ड–२ हजुरहरुको लागि लगानीको सबैभन्दा उपयुक्त क्षेत्र हुनसक्छ । यसले बजारको अवस्था तथा सूचीकृत कम्पनीहरु मध्ये राम्रो प्रर्दशन गरेका वा गर्न सक्ने कम्नीहरु छनौट गरेर योजनाको अधिकाशं रकम लगानी गर्ने हुँदा योजनाले उच्च प्रतिफल वितरण गर्न सक्छ ।
म्युचुअल फण्ड सञ्चालनमा लामो अनुभव भएका व्यक्तिहरुबाट सञ्चालित र यसअघिका कोषहरुबाट उच्च प्रतिफल वितरण गर्न सफल व्यवसायीक अनुभव हासिल गरेकोले पनि एनआईसी एशिया ग्रोथ फण्ड–२ मा गरेको लगानीले उचित प्रतिफल दिन सक्ने देखिन्छ । सबैक्षेत्रमा आम्दानी र नाफा घटिरहेको बेला आएको यस कोषमा लगानी गर्ने लगानीकर्ताहरुलाई सदैब उच्च प्रतिफल वितरण गर्न प्रयासरत रहने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी बताउँछन् ।
‘हाम्रो व्यवसायीक अनुभव र अहिलेको विषम परिस्थितिमा लगानी गर्ने क्षेत्र सतर्कतापूर्वक छनौट गरेर फण्डमा लगानी गर्ने लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिलाउने हाम्रो प्रमुख लक्ष्य रहेको रायमाझीले बताए ।

१. अर्थतन्त्र सुस्ताएको तथा सेयर बजारमा न्यून बिन्दुमा रहेको बेला लगानीको अन्य क्षेत्रमा भन्दा एनआईसी एशिया ग्रोथ फण्ड–२ मा लगानी गर्दा उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ ।

२. एनआईसी एशिया ग्रोथ फण्ड –२ को आईपीयो मंसिर ४ गतेदेखि सर्वसाधारणहरुमा निष्काशन ।
ग्रोथ फण्ड–२ को इकाईहरु यही मंसिर ४ गतेदेखि ७ गतेसम्म सर्वसाधरणलाई निष्काशन हुनेछन् र माग बमोजिमको आवेदन नपरेको खण्डमा मात्र बढीमा मंसिर १८ गतेसम्म समय विस्तार हुनसक्ने क्यापिटलले जनाएको छ । १० रुपैयाँ अंकित मूल्य तोकिएको यस कोषका इकाईहरु कम्तिमा १०० र बढीमा एक करोड इकाईसम्म आवेदन दिन सकिने छ । यस हिसाबले हेर्दा एक हजारदेखि १० करोड रुपैयाँसम्म लगानी गर्न सकिन्छ ।
कुल १ अर्ब रुपैयाँ आकार भएको यस बन्दमुखी योजनाको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक बैंक एनआइसी एसिया बैंकले बीज पूँजीको रुपमा लगानी गरिसकेको छ । बाँकी रहेको रु.१० अंकित दरका ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ । योजनाको इकाई खरिदको लागि अधिकतम माग भएमा योजनाको आकार रु.१ अर्बबाट बढाई १ अर्ब २५ करोडसम्म कायम गर्न सकिने समेत क्यापिटलले जनाएको छ ।

३. १ हजार देखि अधिकतम १० करोडसम्म लगानी गर्न सकिने ।
एनआईसी एशिया ग्रोथ फण्ड–२ मा सानो रकम देखि ठूलो रकम भएका सबै व्यक्ति तथा संघसंस्थाहरूले लगानी गर्न सक्ने सुविधा रहेको छ । यस योजनामा न्यूनतम १ हजार देखि बढीमा १० करोड रुपैयाँसम्म लगानी गर्न सकिन्छ । त्यसैले आफ्नो क्षमताअनुसार लगानी गर्न सकिने अवसर यसले दिएको छ । प्रति इकाई १० रुपैयाँ मूल्य तोकिएको यस योजनाको इकाई खरिद गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरु वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणाली मार्फत सहजै रुपमा आवेदन दिन सकिनेछ ।

४. संचालनमा रहेका योजनाहरुबाट उत्कृष्ट प्रतिफल दिएको इतिहास ।
कुनै पनि कम्पनी वा क्षेत्रमा लगानी गर्दा विगतमा कस्तो प्रतिफल निकाल्न सकेको छ भनेर हेर्न जरुरी छ । यस कोषमा लगानी गर्नुअघि तपाईंले एनआईसी क्यापिटलले यसअघि सञ्चालन गरेको म्युचुअल फण्डहरुको व्यवस्थापन र त्यसबाट निकालेको प्रतिफललाई अध्ययन गर्नु सक्नुहुन्छ ।
एनआइ सी एशिया क्यापिटलले आ.व. २०७९/८० अन्त्यसम्म क्यापिटलले ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा पाँच वटा योजनाहरु संचालन गरिरहेको छ । संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल ‘एनआईसी एशिया ग्रोथ फण्ड’ ले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत र चांैथो वर्ष १३ प्रतिशत वितरण गरेको थियो ।

‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दास्रो वर्ष ३० प्रतिशत र तेस्रो वर्ष १३ प्रतिशत वितरण गर्न सफल भएको थियो । पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत र दोश्रो वर्ष ६ प्रतिशत गरी हालसम्म १६ प्रतिशत नगद प्रतिफल वितरण गरिसकेको छ । उक्त लाभांश वितरण पश्चात् तथा धितोपत्रको दोस्रो बजार तल्लो बिन्दुमा हुँदा समेत आषार मसान्त, २०८० मा क्यापिटलबाट संचालित योजनाहरु ‘एनआईसी एशिया ग्रोथ फण्ड’ को खुद सम्पत्ति मूल्य ११.९८ रुपैयाँ, एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ को खुद सम्पत्ति मूल्य.११.२८ रुपैयाँ, पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको खुद सम्पत्ति मूल्य ११.१० रुपैयाँ रहेको छ ।

तेस्रो बन्दमुखी योजना ‘एनआइ सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्ड’को खुद सम्पत्ति मूल्य १०.७४ रुपैयाँ तथा चौथो बन्दमुखी योजनाको एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको १०.६७ कायम गर्न सफल भएको छ ।
त्यसैगरी सेयर बजार घट्दो क्रममा हुँदा समेत एन आई सी एशिया क्यापिटलबाट संचालित योजनहरुले आव २०७९÷०८० मा समेत प्रतिफल वितरण गर्न सकेको देखिन्छ । जस अनुसार एन आई सी एशिया ग्रोथ फण्डले (पाँचौ वर्ष) १०.५० प्रतिशत गरी हालसम्म ७५.५० प्रतिशत अर्थात औषतमा १५.१० प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको देखिन्छ

एनआईसी एशिया ब्यालेन्सड् फण्डले (चौंथो वर्ष) १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत अर्थात औषतमा १५.२५ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको देखिन्छ । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले तेस्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको देखिन्छ भने एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) र एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको प्रतिफल वितरण गर्न सक्ने क्यापसिटि १० प्रतिशत भन्दा कम भएको र पूर्न लगानीको राम्रो अवसर रहेको हुँदा प्रतिफल वितरण नगरिएको क्यापिटलले जनाएको छ ।

५. दक्ष्य, कुशल तथा लामो व्यवसायीक अनुभव हासिल गरेका कोष व्यवस्थापकबाट संचालन हुने ।
एन आई सी एशिया ग्रोथ फण्ड–२ को योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेको छ । एन आई सी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुको इन्भेष्टमेण्ट बैंकिङ तथा मर्चेण्ट बैंकिङमा क्षेत्रमा लामो अनुभव हासिल गरेको व्यक्तीहरु रहेका छन् । प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीसँग बैंक तथा वित्तीय संस्थामा ७ वर्ष तथा क्यापिटल मार्केटमा ११ वर्ष भन्दा बढीको कार्यानुभव रहेको छ ।

६. नियमति प्रतिफल प्राप्त गर्न ।
एन आई सी एशिया ग्रोथ फण्ड—२ ले आफ्नो कुल रकमको ७५ प्रतिशत इक्विटीमा लगानी गर्ने गरी संचालनमा आउन लागेको देखिन्छ । सेयर बजार तल्लो बिन्दुमा रहनु तथा सूचिकृत कम्पनीहरुको बजार मुल्य निकै सस्तो रहेको बेल उक्त फण्डले राम्रा मानिएका कम्पनीहरुमा छानी छानी लगानी गर्ने अवसर छ । फलस्वरुम योजनको इकाईमा लगानी गर्ने लगानीकर्ताहरुले उच्च प्रतिफल प्राप्त गर्न सक्ने देखिन्छ ।
स्वीकृत विवरणपत्र अनुसार योजनाले क्रमश ः पहिलो वर्ष ११५, दोस्रो वर्ष १३५, तेस्रो वर्ष १६५, चौंथो वर्ष १८ ५, पाँचौं वर्ष २०५ छौठौं वर्ष २२५ र सातौं वर्ष अर्थात योजना समाप्त हुँदा ६८५ भन्दा बढी थप गरी योजनामा गरेको रकम फिर्ता गर्ने लक्ष्य राखेको छ । जसअनुसार योजनामा लगानी गर्ने लगानीकर्ताहरुलाई वार्षिक औषतमा २४.०४५ प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ भने कूल अनुमानित प्रतिफल १६८.२५ प्रतिशत रहेको छ ।

७. लगानीमा विविधिकरण र न्यून जोखिमको लागि ।
सामूहिक लगानी कोषमा संकलन भएको रकम नेपाल धितोपत्र बोर्डले जारी गरेको सामूहिक लगानी कोष नियमावलीको अधिनमा रही लगानी गर्नुपर्ने हुन्छ । एनआईसी एशिया ग्रोथ फण्ड–२ मा संकलित रकम जोखीमलाई न्युनीकरण गर्दौ योजनको कुल आकारको ७५ प्रतिशत सार्वजनिक निष्काशन गर्ने कम्पनी तथा सूचिकृत कम्पनीहरुको सेयरमा, १५ प्रतिशत रकम स्थिर आम्दानी हुने उपकरणहरुमा र बाँकी १० प्रतिशत रकम मुद्रा बजार उपकरणहरुमा लगानी गर्ने जनाएको छ ।
इक्विटीमा लगानी गर्दा समेत न्यून जोखिम लिई उच्च प्रतिफल प्राप्त हुने गरी रणनीति तर्जुमा गरी लगानी सम्बन्धी निर्णय लिइने हुँदा दोस्रो बजारमा उतर चढाव आउदा समेत योजनाले गरेको लगानीमा उचित प्रतिफल प्राप्त गर्न सकिने जानकारी कार्यकारी प्रमुख रामेन्द्र रायमाझीले बताए । योजनाको रकमको १५ प्रतिशत रकम बैंक मुद्दती र १० प्रतिशत रकम मुद्राबजार उपकरणमा लगानी गरिने हुँदा योजनाले नियमित आम्दानी गर्दछ ।

साथै लगानीको अवसर हेरी इक्विटी, स्थिर आय हुने क्षेत्र तथा मुद्रा बजार उपकरणमा गरिने भनि छुट्याइएको प्रतिशत तल माथि गर्न सकिने हुँदा योजनाको लगानीको उचित र समयानुकुल विविधिकरण गरी उच्च प्रतिफल आर्जन गर्न सकिने व्यहोरा समेत रायमाझीले बताए ।

८. करमा सुविधा ।
आम लगानीकर्तालाई लगानीको उपयुक्त ठाउँ थाहा नहुँदा शुल्क वा प्रतिफलमा लाग्ने आयकर धेरै तिरिरहेका हुन्छन् । नेपालमा म्युचुअल फण्डले गरेको लगानीमा प्राप्त भएको आयमा आयकर छुट हुने व्यवस्था रहेको छ । जसले गर्दा म्युचुअल फण्डको आय बृद्धि गर्न निकै मद्धत गर्दछ र जसको लाभ सोझै योजनामा लगानी गर्ने लगानीकर्ताहरुले प्राप्त गर्नेछन् । विदेशमा म्युचुअल फण्डमा गरिएको लगानीको केही रकम व्यक्तीको करयोग्य आम्दानीमा घटाउन मिल्ने व्यवस्था रहेको र हाल नेपालमा उक्त व्यवस्था नरहेको भएतापनि भविष्यमा नेपाल सरकारले सामूहिक लगानी कोषमा गरिएको लगानीको केही रकम कर योग्य आयबाट घटाउन मिल्ने व्यवस्था गरेमा स्वत घटाउन सकिने छ ।

९. नेप्सेमार्फत खरिद बिक्री गर्न सकिने सुविधा ।
एन आई सी एशिया ग्रोथ फण्ड—२ बन्द मुखी योजना हो । उक्त योजनाको इकाई बाँडफाँड पश्चात् सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा अभौतिकिकरण गरी डिम्याट खातामा जम्मा गराई नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण पश्चात आफूले चाहेको समयमा खरीदबिक्री गर्न सकिन्छ । योजनाको इकाई बाँडफाँड पश्चात् तुरुन्तै नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गराई इकाईको कारोवार गर्न मिल्ने व्यवस्था मिलाउने क्यापिटलले जनाएको छ ।

१०. अत्यन्तै न्यून कोष व्यवस्थापन शुल्क ।
सामूहिक लगानी कोष संचालक अर्थात कोष व्यवस्थापकहरुले लिने शुल्क अत्यन्तै न्यून रहेको देखिन्छ । एनआईसी एशिया ग्रोथ फण्ड –२ संचालन गरे बापत क्यापिटलले योजना व्यवस्थापन शुल्क वाषिक १.५० प्रतिशत, फण्ड सुपरभाइजर शुल्क ग्रस न्याभको वार्षिक ०.१० प्रतिशत र डिपोजेटरी वार्षिक शुल्क ०.२० प्रतिशत गरी जम्मा १.८० प्रतिशत मात्र वार्षिक शुल्क लाग्ने हुन्छ । जुन बजारमा लगानी व्यवस्थापकहरुले लिने शुल्क भन्दा अत्यन्तै न्यून शुल्क रहेको देखिन्छ ।

११. लगानीका क्षेत्रहरु ।
सामूहिक लगानी कोष योजना संकलन भएको रकम कुन कुन क्षेत्रमा लगानी गर्ने भन्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डले जारी गरेको नियमावली निर्देशनमा तोकिदिए बमोजिम हुन्छ । विशेषत योजनाको रकम नेपाल धितोपत्र बोर्डमा दर्ता भएका धितोपत्रहरु, सार्वजनिक निष्कासन भएको धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचिकृत संगठित संस्थाहरुको धितोपत्र, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरि सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप तथा मुद्रा बजार उपकरणहरुमा लगानी गर्न सकिन्छ ।

हालको व्यवस्था अनुसार म्युचुअल फण्डले विदेशमा लगानी गर्न नपाउने हुँदा भविष्यमा नेपाल धितोपत्र बोर्डले विदेशमा लगानी गर्न मिल्ने व्यवस्था गरेको खण्डमा लगानी अवसर हेरी प्रतिफल र जोखिमको राम्रोसंग विश्लेषण गरि विदेशी बजारमा सूचीकरण भएका कम्पनीहरुमा समेत धितोपत्र बोर्डको स्वीकृति लिई लगानी गर्ने योजना रहेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले बताउँछन ।
धितोपत्रको दोस्रो बजार निरन्तर घटेर तल्लो बिन्दुमा आएको समयमा ‘अहिले लगानी नगरे कहिले लगानी गर्ने’ भन्ने मूल नाराका साथ निष्काशन हुन लागेको एनआईसी एशिया ग्रोथ फण्ड–२ मा गरिने लगानीबाट लगानीकर्ताहरुले उच्च प्रतिफल प्राप्त गर्ने अवसर हुन सक्छ ।

नेपालको सन्दर्भम म्युचुअल फण्डमा गरिएको लगानी जस्तो ट्रास्परेन्ट र आफुले गरेको लगानी के कस्तो भएको छ सोको ट्रयक गर्न निकै सजिलो हुन्छ । म्युचुअल फण्ड संचालकहरुले प्रत्यक योजनाको खुद सम्पत्ति मूल्य साप्ताहिक रुपमा क्यापिटलको वेभसाइट र मासिक रुपमा राष्ट्रिय स्तिरको दैनिक पत्रिकामा प्रकाशित गर्ने गर्दछन् ।
साना देखि ठुला लगानीकर्ताको लागि म्युचुअल फण्ड लगानीको लागि आकर्षणको केन्द्र हुनु पर्ने हो तर नेपालमा म्युचुअल फण्ड प्रति जनचेतना कम हुँदा आम लगानीकर्ताको सहभागित नभएको देखिन्छ । त्यसैले आगामी दिनहरुमा नियमनकारी निकाय तथा म्युचुअल फण्ड संचालकहरुले सामूहिक लगानी कोषको सम्बन्धमा जानकारी मुलक सामग्रीहरु प्रचार प्रसार गरी लगानीकर्ताहरुलाई आकार्षित गर्न आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स