साधना लघुवित्तको नाफा बढेर पौन १२ करोड पुग्यो

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा १९६.३५ प्रतिशत बढेर ११ करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा ३ करोड ९५ लाख रुपैयाँ मात्र थियो ।

लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार संस्थाले यो अवधिमा अधिकांश वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गरेको छ ।

अघिल्लो आर्थिक वर्षकोे तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको जगेडा कोष करिब ७ गुणा अर्थात ५९४.३७ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी स्थिर रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १९६.३५ प्रतिशत बढेर ११ करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ३ करोड ९५ लाख रुपैयाँ मात्र रहेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३३९.३६ प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ३७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

लघुवित्तको सापटी १२४.५४ प्रतिशत, निक्षेप ८३.४२ प्रतिशत र कर्जा ९१.११ प्रतिशत बढेको छ । नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ १९ पैसा बढेर ४५ रुपैयाँ ५७ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.९१ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २८ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स