बैंकहरूको सम्पत्ति ६४ खर्ब, कुन बैंकको कति बढ्यो सम्पत्ति ?

काठमाडौं । देशमा सञ्चालित २० वाणिज्य बैंकले आफ्नो सम्पत्ति सार्वजानिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको सम्पत्ति १०.९७ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको असारसम्म ६१ खर्ब ९० अर्ब १८ करोड ३८ लाख रुपैयाँ रहेको वाणिज्य बैंकहरूकोे सम्पत्ति चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ६३ खर्ब ८२ अर्ब ८ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधि (साउन, भदौ, असोज) मा वाणिज्य बैंकहरूको यस्तो सम्पत्ति ५७ खर्ब ५१ अर्ब २२ करोड ७४ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकहरूको कुल सम्पत्ति ६ खर्ब ३० अर्ब ८५ करोड ९७ लाख रुपैयाँले बढेको हो ।

वाणिज्य बैंकहरूको गत आर्थिक वर्षको समिक्षा अवधिमा वित्तीय विवरण अनुसार सबैभन्दा धेरै सम्पत्ति बैंक ग्लोबल आइएमई बैंकको रहेको छ भने दोस्रो बढी सम्पत्ति हुने बैंकमा नबिल बैंक र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक परेको छ ।

समीक्षा अवधिमा सबैभन्दा कम सम्पत्ति भएको बैंकमा स्ट्याण्डर्ड चाटर्ड, माछापुच्छ्रे र तेस्रोमा नेपाल एसबीआई बैंक परेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको कुल सम्पत्ति ५ खर्ब ४६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । बैंकको गत वर्षको सोही अवधिमा ३ खर्ब ५४ अर्ब ६५ करोड रुपैयाँ सम्पत्ति थियो । गत आर्थिक वर्षको असारसम्म ५ खर्ब २६ अर्ब ३७ करोड रहेको थियो । बैंकको गत वर्षको समीक्षा अवधिको तुलनामा १ खर्ब ९१ अर्ब ६१ करोडले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकको सम्पत्ति ५ खर्ब २ अर्ब ७५करोड लाख रुपैयाँ पुगेको छ । बैंकको गत आवको समीक्षा अवधिमा बैंकको यस्तो सम्पत्ति ४ खर्ब २१ अर्ब ८ करोड रुपैयाँ थियो । गत वर्षको अन्त्यमा बैंकको जम्मा सम्पति ८१ अर्ब ६७ करोडमात्रै थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ५३ अर्ब २७ करोड सम्पत्ति पुगेको छ । गत आवको सोही अवधिमा बैकको सम्पत्ति २ खर्ब ५२ अर्ब ९१ करोड थियो ।

त्यस्तै एनआईसी एसिया बैंकको सम्पत्ति ४ खर्ब २९ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंकको गत वर्षको सोही अवधिमा ३ खर्ब ५९ अर्ब १० करोड सम्पत्ति थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको सम्पत्ति ६९ अर्ब ४४ करोडले बढेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति गत वर्षको असारमा ३ खर्ब ९५ अर्ब ५ करोड मात्रै थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको सम्पत्ति ८८ अर्ब ३४ करोडले बढेर ४ खर्ब ३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

एनसीसी बैकलाई मर्ज गरेर बनेको कुमारी बैंकको सम्पति गत आवको पहिलो त्रैमासको तुलनामा यो त्रैमासमा १ खर्ब ७६ अर्ब ५६ करोडले बढेर ३ खर्ब ९० अर्ब ७९ करोड नाघेको छ । बैंकको गत वर्षको असारसम्म ३ खर्ब ७८ अर्ब ७८ करोड रुपैयाँ जम्मा सम्पति थियो ।

लक्ष्मी सनराइज बैंकको सम्पत्ति चालु आवको पहिलो त्रैमासमा ३ खर्ब ५८ अर्ब ७३ करोड पुगेको छ । बैंकको गत आवको सोही अवधिमा यस्तो सम्पत्ति २ खर्ब १४ अर्ब २३ करोड थियो । गत आवको तुलनामा चालु आवमा बैंकको कुल सम्पत्ति १ खर्ब ८० अर्ब ६२ करोडले बढेको हो ।

हिमालयन बैंकको सम्पत्ति ३ खर्ब ४१ अर्ब ७१ करोड, प्रभु बैंकको ३ खर्ब ३९ अर्ब ८१ करोड, नेपाल बैंैकको ३ खर्ब ५४ अर्ब ७७ करोड, सिद्धार्थ बैंकको २ खर्ब ८३ अर्ब २० करोड, एनएमबि बैंकको २ खर्ब ७९ अर्ब १७ करोड, कृषि विकास बैंकको २ खर्ब ७५ अर्ब ८९ करोड, सानिमा बैंकको २ खर्ब २४ अर्ब २६ करोड पुगेको छ ।

सिटिजन्स बैंकको २ खर्ब ४ अर्ब २८ करोड रुपैयाँ सम्पत्ति छ । बैंकको गत आवको समीक्षा अवधिमा १ अर्ब १७ करोडले बढेको हो । बैंकको गत आवको सोही अवधिमा १ खर्ब ९२ अर्ब ५८ करोड सम्पत्ति रहेको थियो ।

एभरेष्ट बैंकको सम्पत्ति २ खर्ब ५८ अर्ब ९४ करोड, प्राइम बैंकको २ खर्ब ५० अर्ब ७२ करोड सम्पत्ति पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यी दुई बैंकको कुल सम्पत्ति बराबरी जस्तै देखिएको छ ।

नेपाल एसबीआई बैंकको सम्पत्ति १ खर्ब ९४ अर्ब ८१ करोड पुगेको छ । माछापुच्छ्रे बैंकको सम्पत्ति ४ अर्ब ६१ करोडले बढेर १ खर्ब ८७ अर्ब ५६ करोड पुगेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सम्पत्ति चालु आवमा बढेर १ खर्ब ५२ अर्ब ५५ करोड पुगेको छ । बैंकको गत वर्षको सोही अवधिमा १ खर्ब ३४ अर्ब ५० करोड सम्पत्ति थियो ।

 

के के समावेश हुन्छ बैंकको सम्पत्तिमा ?
बैंकहरूको सम्पत्ति गणना गर्दा सबै बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न (डेरिभेटिभ) वित्तीय उपकरण, अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालु कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगान, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स