यस्तो छ कुमारी बैंकको कार्तिक महिनाको संशोधित नयाँ ब्याजदर

काठमाडौं । राष्ट्र बैंकको निर्देशन पछि कुमारी बैंकले ०.९५ प्रतिशतले निक्षेपको ब्याजदर घटाएको छ । राष्ट्र बैंकले दिएको निर्देशन पालना गर्दै बैंकले यसअघि सार्वजनिक निक्षेपको ब्याजदर घटाएको हो ।

बैंकले संशोधित ब्याजदरअनुसार कुमारी बैंकको मुद्दती निक्षेपमा ९.३६ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपमा अधिकतम १०.३१ प्रतिशत ब्याजदर सार्वजनिक गरेको थियो ।

बैंकले संस्थागत मुद्दती निक्षेपमा १०.३१ प्रतिशत ब्याजदर दिने घोषणा गरेको थियो । बैंकले सो ब्याजदरलाई संशोधन गर्दै ८.३६ कायम गरेको छ । साथै, व्यक्तिगत मुद्दती निक्षेपमा ९.८१ प्रतिशत ब्याजदर सार्वजनिक गरेकोमा त्यसलाई संशोधन गरेर ९.३६ प्रतिशत कायम गरेको छ ।

बैंकले साधारण बचतमा समेत निक्षेपको स्प्रेड कायम गर्दै अधिकतम ६.८६ प्रतिशत ब्याजदर दिने घोषणा आफ्नो वेव साइटमार्फत् घोषणा गरेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले व्यक्तिगत मुद्दतीको ब्याजदर भन्दा संस्थागतमा १ प्रतिशत बिन्दुले कम ब्याजदर कायम गर्नु पर्ने हुन्छ । राष्ट्र बैंकको निर्देशनले अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशत मात्र थप घट गरेर चालु महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स