पहिलो त्रैमासः बैंकका कर्मचारीले कति पाए तलब र कति छुट्टियो बोनस ?

काठमाडौं । कर्मचारीलाई सेवा सुविधा दिन वाणिज्य बैंकहरूमा विदेशी लगानीका बैंकभन्दा स्वदेशी लगानीका बैंक अब्बल देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर्मचारीलाई बढी तलव तथा बोनस दिने पहिलो बैंक स्ट्यान्डर्ड चार्टड बनेको छ भने दोस्रोमा प्राइम बैंक र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको छ । कर्मचारीलाई बढी तलब भत्ता तथा बोनस दिने बैंकको पाँचौं नम्बरमा एनएमबि बैंक परेको छ ।

बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अपरिष्कृत वित्तीय विवरण अनुसार नेपाल बैंैकका कर्मचारीले सबैभन्दा कम बोनस पाउने देखिएको छ । कर्मचारीलाई कम बोनस दिने बैंकको दोस्रो नम्बरमा सिद्धार्थ बैंक परेको छ भने कर्मचारीलाई बोनस घटाउने (ऋणात्मक) बैंकमा कृषि विकास बैंक परेको छ ।

देशमा सञ्चालित २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्ना कर्मचारीहरूको तलब तथा बोनसको लागि १५ अर्ब ९२ करोड ८५ लाख रुपैयाँ छुट्याएका छन् । बैंकहरूले सो अवधिमा तलबका लागि १३ अर्ब ७५ करोड ७० लाख ८ हजार र बोनसका लागि २ अर्ब १७ करोड १५ लाख २६ हजार रुपैयाँ छुट्याएका छन् । बैंकहरूले कर्मचारीका लागि छुट्याएको बोनस तथा खर्च गत आवको सोही अवधिको तुलनामा १५.७८ प्रतिशतले बढी हो ।

बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरुले कर्मचारीलाई बोनस वितरण गर्छन् । आर्थिक वर्ष लागेपछि बैंकहरूले कर्मचारीलाई बोनस दिनको लागि निश्चित रकम छुट्याउने गरेका हुन्छन् । सोही अनुसार बैंकहरूले चालु आवको पहिलो नाफाको १० प्रतिशत कर्मचारीको बोनसको लागि छुट्याएका हुन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्टड बैंकले कर्मचारीको तलबको लागि २६ करोड ६४ लमख ५६ हजार र बोनसका लागि १३ करोड १३ लाख ८१ हजार रुपैयाँ छुट्याएको छ । बैंकको कुल कर्मचारी खर्चको ४९.३१ प्रतिशत बोनस हो ।

कर्मचारीलाई बढी बोनस छुट्याउने बैंकको दोस्रो स्थानमा प्रइम बैंक परेको छ । बैंकले कर्मचारीहरुको लागि ३७ करोड ५० लाख ६४ हजार रुपैयाँ छुट्याएको छ । बैंकको यो कुल कर्मचारी खर्चको ४८.७३ प्रतिशत छुट्याएको हो । बैकंको कुल कर्मचारी खर्च भने यो अवधिमा १८ करोड २७ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक परेको छ । बैंकले कुल कर्मचारी खर्चको ३३.७१ प्रतिशत छुट्याएको छ । बैंकले कर्मचारीको तलबका लागि ७१ करोड ९० लाख र बोनसका लागि २४ करोड २४ लाख रुपैयाँ तबल छुट्याएका छन् ।

चौथो स्थानमा एनएमबि बैंक परेको छ । बैंकले यो अवधिमा कर्मचारीको बोनसको लागि १५ करोड २८ लाख ९० हजार रुपैयाँ बोनस छुट्याएको छ । बैंकले छुट्याएको यो बोनस कुल कर्मचारी खर्चको २९.२४ प्रतिशत हो । बैंकले कर्मचारीका लागि भने यो अवधिमा ५२ करोड २९ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंकले आफ्ना कर्मचारीका लागि ४३ करोड ८२ लाख ५० हजार तलब र १२ करोड ३९ लाख ३० हजार रुपैयाँ बोनस छुट्याएको छ । बैंकको छुट्याएको खर्च कुल कर्मचारी खर्चंको २८.२८ प्रतिशत हो ।

हिमालयन बैंकले ६१ करोड ९० लाख २५ हजार आफ्ना कर्मचारीको लागि खर्च गरेर पनि १६ करोड ७६ लाख ४८ हजार रुपैयाँ कर्मचारीको लागि बोनस वितरण गर्न छुट्याएको छ । बैंकको सो रकम कर्मचारी खर्चको २७.प्रतिशत हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्ना कर्मचारीहरुका लागि नबिल बैंकले २०.६१ प्रतिशत, सानिमा बैंकले २०.४७, एनआईसी एशिया बैंकले १९.८७ प्रतिशत, नेपाल एसबिआई बैंकले १९.६२ प्रतिशत, प्रभु बैंकले १६.७१ प्रतिशत, ग्लोबल आईएमई बैंकले १६.११ प्रतिशत बोनस छुट्याएका छन् ।

सिटिजन्स बैंकले १६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले १५.३२ प्रतिशत, माछापुच्छ्रे बैंकले १३.१२ प्रतिशत, कुमारी बैंकले ५.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले २.१८ प्रतिशत कर्मचारीको तलबको सो प्रतिशत बोनसको लागि रकम छुट्याएका हुन् ।

त्यसैगरी कर्मचारीको तलबको १.३१ प्रतिशत नेपाल बैंकले बोनस छु्ट्याएको छ भने सिद्धार्थ बैंकले १ प्रतिशत र कृषि विकास बैंकले १०.३२ प्रतिशत बोनस छुट्याएको छ ।

कुन बैंकका कर्मचारीले कति पाए बोनस र तलब ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स