स्ट्याण्डर्ड चार्टर्डले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारणसभा आव्हान गरेको छ । बैंकले मंसिर २४ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउसो १ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ७ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स