कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गरेको हो । एनसीसी बैंक र कुमारी बैंक एकआपसमा मर्जरमा गएपछि बैंकको सीईओ रहेका रमेश अर्याल नियुक्त भएका थिए । त्यसअघि उनी एनसीसी बैंकको सीईओ थिए ।

त्यस यता गएपछि खनालले बैंकमा बरिष्ठ डेपुटी सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । कुमारी बैंकमा सीईओ रहेका खनाल एनसीसी मर्ज भएपछि बरिष्ठ डेपुटीको जिम्मेवारीमा थिए । बैंक मर्जर जानु अघि खनालले कामु सीईओ भएर बैंक सम्हालेका थिए । वित्तीय क्षेत्रमा साढे ११ वर्षको अनुभव भएका खनाल कुमारी बैंक आउनु अघि एनआईसी एशिया क्यापिटलको सीईओ थिए । उनले सिद्धार्थ र एनआईसी एसिया बैंकमा उपल्लो तहमा रहेर काम गरेको अनुभव छ ।

पेशाले चाटर्ड एकाउन्टेन्ट रहेका खनालले कुमारी बैंकलाई अब्बल वाणिज्य बैंकका रुपमा स्थापित बताउँदै आएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स