काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको प्रतिसेयर आम्दानी –ईपीएस) घटेको छ । अर्थतन्त्रमा समस्या आउँदा प्रर्याप्त अनुसार विजनेश गर्न नसक्दा बैंकहरूको प्रतिसेयर आम्दानी घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी २३५.१३ रुपैयाँले घटेको हो । बैंकहरूको सेयर गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५२८.९८ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका थिए भने चालु आवको पहिलो त्रैमासमा बैंकहरूको बेसिक ईपीएस औसतमा २९३.८५ रुपैयाँ रहेको छ । अझ सरकारी स्वामित्वको बैंक कृषि विकास बैंकको ईपीएस भने २८.९३ रुपैयाँ ऋणात्मक रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी गर्नेमा स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकको चालु आर्थिक वर्षको पहिलोे त्रैमासमा प्रतिसेयर आम्दानी ०.६९ रुपैयाँले बढेर ३५.११ रुपैयाँ पुगेको छ । बैंकको गत आवको सोही अवधिमा ३४.४२ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।
चालु आवको पहिलो त्रैमासमा एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ७.३९ रुपैयाँले घटेर २९.१९ रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३६.५८ रुपैयाँ थियो ।
चालु आवको पहिलो त्रैमासमा एनआईसी एसिया बैंकको प्रतिसेयर आम्दानी २६.५८ रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकको यस्तो आम्दानी ५९.६९ रुपैयाँ थियो । बैंकको लनामा प्रतिसेयर आम्दानी समीक्षा अवधिमा ३३.०४ रुपैयाँले घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्शियल बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँले बढेर २३.७४ रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी १८.७४ रुपैयाँ थियो ।
राष्ट्रिय वाणिज्य बैंकको प्रपिसेयर आम्दानी १३.७८ रुपैयाँले घटेर २१.९९ रुपैयाँ कायम भएको छ । बैंकको गत आवको सोही अवधिमा ३५.७७ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकको प्रतिसेयर आम्दानी २१.३१ रुपैयाँ कायम भएको छ । बैंकको गत वर्षको सोही अवधिमा २७.०१ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको गत वर्षको सोही तुलनामा ५.७० रुपैयाँले प्रतिसेयर आम्दानी घटेको हो ।
एनएमबि बैंकको प्रतिसेयर आम्दानी भने १.२९ रुपैयाँले बढेर २०.९८ रुपैयाँ पुगेको छ । बैंकको गत आवको समीक्षा अवधिमा १९.६९ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।
हिमालयन बैंकको चालु आवको पहिलो त्रैमासमा प्रतिसेयर १९.५१ रुपैयाँ कायम रहेको छ । बैंकको गत वर्षको सोही अवधिमा १६.४२ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.०९ रुपैयाँले प्रतिसेयर आम्दानी बढेको हो ।
नेपाल एसबिआई बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८.९४ प्रतिसेयर आम्दानी गरेको छ । बैैककोे गत वर्षको सोही अवधिमा २५.५४ प्रतिसेयर आम्दानी बढेको थियो । बैंकको गत वर्षको सोही अवधिको तुलनामा ६.६० रुपैयाँले प्रतिसेयर आम्दानी घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १८.६६ रुपैयाँ कायम रहेको छ । बैंकको गत वर्षको सोही अवधिमा १७.५९ प्रतिसेयर आम्दानी थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको १७.८४ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । बैंकको गत वर्षको समीक्षा अवधिमा ६.२३ रुपैयाँ मात्रै सेयर थियो । बैंकको गत वर्षको समीक्षा अवधिको तुलनामा ११.६१ रुपैयाँले प्रतिसेयर आम्दानी बढेको हो ।
प्रभु बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७.५७ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको छ । बैकको गत वर्षको सोही अवधिको तुलनामा ४.६२ रुपैयाँले घटेको हो । बैंकको गत वर्षको समीक्षा अवधिमा २२.१९ रूपैयाँ प्रतिसेयर आम्दानी थियो ।
सानिमा बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५.२१ रूपैयाँले प्रतिसेरयर आम्दानी गरेको छ । बैंकको गत वर्षको समीक्षा अवधिमा १८.९९ रूपैयाँ प्रतिसेयर आम्दानी बढेको थियो । बैंकको प्रतिसेयर आम्दानी ३.७८ रुपैयाँले घटेको हो ।
ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३.७१ रुपौयाँले प्रतिसेयर आम्दानी गरेको छ । बैकको गत वर्षको सोही अवधिमा २०.०० रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैकको प्रतिसेयर आम्दानी ६.२९ रुपैयाँले घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिटिजन्स बैंकको ईपीएस ११.३४ रुपैयाँले कायम भएको छ । बैकको गत वर्षको समीक्षा अवधिमा १४.१२ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।
त्यस्तै कुमारी बैंकको ४.०३ रुपैयाँमात्रै प्रतिसेयर आम्दानी रहेको छ । बैकको गत वर्षको पहिलो त्रैमासमा २७.२३ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । गत वर्षको तुलनामा २३.२० रुपैयाँले प्रतिसेयर आम्दानी घटेको हो ।
नेपाल बैंकको प्रतिसेयर आम्दानी ३.८८ रुपैयाँमा खुम्चिएको छ । बैकको गत वर्षको पहिलो त्रैमासमा १५.९३ रुपैया प्रतिसेयर आम्दानी थियो ।
लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी १.९० रूपैयाँ मात्रै रहेको छ । गत आवको सोही अवधिमा बैंकको १५.५३ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको गत वर्षको समीक्षा अवधिमा १७.४३ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।
सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी १.१९ रूपैयाँले छ । बैंकको गत वर्षको सोही अवधिमा १५.६१ रुपैयाँले प्रतिसेयर आम्दानी थियो । बैैकको गत चालु आवको सोही अवधिको तुलनामा १४.४२ रुपैयाँले प्रतिसेयर आम्दानी घटेको हो ।
कृषि बिकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८.८३ रुपैयाँले प्रतिसेयर आम्दानी कायम रहेको छ । बैैकको गत वर्षको सोही अवधिको तुलनामा ३३.०६ रुपैयाँले प्रतिसेयर आम्दानी घटेको हो । बैकको गत वर्षको समीक्षा अवधिमा ४.२३ रुपैयाँ प्रतिसेयर आम्दानी घटेको हो ।
करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । कम्पनीले अग्राधिकार सेयर जारी गरेको छ भने करपछिको नाफाबाट अग्राधिकार सेयरको लाभांश घटाएर बाँकी रहने नाफालाई साधारण सेयरको कुल संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ ।
प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफल को आधार पनि हो ।