नेपाल बैंक ८७औं वर्षमा प्रवेश, चुक्तापूँजी १४.६९ अर्ब रुपैयाँ

काठमाडौं । विक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८६ वर्ष पूरा गरी ८७औं वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार, चुक्ता पुँजी, निक्षेप १७ लाख र १९ लाख लगानीमा सो बैंक स्थापना भएको थियो ।

अहिले बैंकको चुक्ता पुँजी १४.६९ अर्ब पुगेको बैंकका सूचना अधिकारी प्रकाशकुमार अधिकारीले जानकारी दिए । २०८० आषाढ मसान्तसम्म बैंकले दुई खर्ब ४४ अर्ब निक्षेप संकलन गरी एक खर्ब ८४ अर्ब कर्जा प्रदान गरेको थियो। बैंकको जगेडा कोषमा २१.८८ अर्ब रुपैयाँ पुगेको छ भने पुँजी पर्याप्तता अनुपात १४.४९ प्रतिशत र नेटवर्क ३६.५८ अर्बभन्दा बढी रहेको छ ।

विगत आ.व. २०७६/७७ देखि आफ्ना सेयरधनीहरुलाई नियमित रुपमा बोनस सेयर तथा नगद लाभांश प्रदान गर्दै आईरहेको बैंकले प्रशस्त अचल सम्पत्ति, निक्षेप तथा कर्जा वृद्धि, न्यून आधार दर तथा ब्याजदरका सूचकहरुमा दरिलो तथा प्रतिस्पर्धी रहेको जनाएको छ ।

बैंकका अधिकांश कारोबारहरु डिजिटल माध्यम मार्फत सञ्चालन भईरहेको र ऐतिहासिक विरासतका साथ आधुनिक प्रविधिलाई अंगिकार गरेको बैंकले उल्लेख गरेको छ । परम्परागत बैकिङ प्रणालीबाट फड्को मार्दै डिजिटल बैंकिङ सुविधाहरुको विकास र विस्तारले बैंकलाई गतिशील, सहज, आधुनिक प्रविधिमैत्री र प्रतिस्पर्धी बनाएको बैंकले जनाएको छ ।

बैंकले दिगो आर्थिक विकास र समृद्धिका लागि लक्षित सरकारी नीति तथा कार्यक्रमहरुलाई आत्मसात गर्दै आर्थिक एवम् सामाजिक विकासका लागि सबै नेपालीहरूको वित्तीय पहुँच अभिवृद्धि गर्दै आगामी दिनमा नेपालभर आफ्ना शाखा सन्जाल विस्तार गरी सेवा सुविधाहरुलाई अझ परिस्कृत गर्दै लैजाने बैंकले जनाएको छ ।

हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी करिब ३ हजार ६०० कर्मचारी मार्फत आधुनिक बैंकिङ सेवा विस्तारमा आक्रामक ढंगले प्रस्तुत भएको यस बैंकले २ सय २८ शाखा, ५८ वटा विस्तारित काउण्टर तथा २ सय ४ वटा एटीएम बुथमार्फत देशैभर कारोबार सञ्चालन तथा सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स