सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

काठमाडौं । सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । बैंकले डिजिटल बैकिंङ प्रविधिको सदुपयोग गर्दै २०७८ कार्तिकदेखि उक्त नयाँ व्यवस्था ल्याएको हो ।

यसका लागि ग्राहकले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगी घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइन मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्नेछन् । साथै, ग्राहकले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।

पहिला यो सेवा बैंकको मोबाइल बैकिंङ एप सिद्धार्थ बैंकस्मार्टबाट मात्र प्रदान गर्दै आएको थियो । अब ग्राहकले घरबाटै इजीबैंक वा बैंकस्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् ।

बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैकिंङ प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको छ र आगामी दिनहरुमा अरु पनि अनलाइन सुविधाहरु ल्याएर बैकिंङ सेवालाई अझ ग्राहकमैत्री बनाउने उद्देश्य राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स