‘आइएमई पे’ नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरको रूपमा रहने

काठमाडौं । आगामी नोभेम्बर २४ देखि हुन लागेको नेपाल सुपर लिग २०२३ को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको छ ।

उक्त कार्यका लागि नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नेपाल स्पोर्टस म्यानेजमेन्ट एन्ड इभेन्ट (एनएसईएम) बीच भएको रणनीतिक साझेदारी सम्झौता भएको छ ।आइएमई पेबाट डिजिटल भुक्तानी र टिकट टिकट खरिद गर्न सहज र झन्झटमुक्त हुने बताइएको छ ।

आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नेपालको फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको बताएका छन्।

उनले आइएमई पेको डिजिटल वित्तीय समावेशिताको अभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागू गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि बताएका छन् ।

नेपाल सुपर लिग २०२३ रोमाञ्चक फुटबल गतिविधि र मनोरञ्जनका साथ एक विद्युतीय सिजन हुने अपेक्षा गरिएको छ। इएमई पेले नेपाल सुपर लिग नेपालको प्रमुख खेलहरू मध्ये एक भएको उल्लेख गर्दै यसमा बहुसंख्यक खेल प्रेमिहरुको चासो रहेको बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स