एभरेष्ट बैंकद्वारा च्याटर्ड एकाउन्टेन्ट (सीए) पदका लागि कर्मचारी माग

काठमाडौं । एभरेष्ट बैंकले आज एक सूचना जारी गर्दै च्याटर्ड एकाउन्टेन्ट (सीए) पढेकालाई म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सीए पढी स्नाकोत्तरमा कम्तीमा पनि ६० प्रतिशत ल्याई पास भएका व्यक्तिको माग गरेको हो ।

बैंकले सो पदका लागि कम्तीमा पनि ६४ हजार मासिक तलब हुने उल्लेख गरेको छ । साथै, बैंकको नियमअनुसार बोनस, प्रोभिडेन्ड फन्डको पनि व्यवस्था हुनेछ ।

बैंकले सो पदका लागि आवेदन दिने व्यक्तिको उमेर २८ वर्षभन्दा बढी हुन नहुने उल्लेख गरेको छ । त्यसका लागि आवेदकहरूले आगामी कात्तिक १७ गतेसम्ममा आवेदन दिन सक्नेछन् । साथै, आवेदनहरूले अनलाइनमार्फत् आवेदन भर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स