वाणिज्य बैंकहरूले सरकारलाई बुझाए ६ अर्ब आयकर

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा देशमा सञ्चालित २० वटा वाणिज्य बैंकहरूले सरकारलाई ६ अर्ब ७ करोड १६ लाख रुपैयाँ आयकर तिरेका छन् । बैंकहरूले सरकारलाई चालु आवको पहिलो त्रैमासमा तिरेको आयकर गत आवको सोहि अवधिको तुलनामा २२.७४ प्रतिशतले कम हो ।

गत आवको समीक्षा अवधिमा वाणिज्य बैंकहरूले ७ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ कर तिरेका थिए । आयकर ऐनअनुसार प्रत्येक आवको त्रैमाससै पिच्छे सरकारलाई आयकर तिर्नुपर्ने हुन्छ । बैंकहरूको व्यवसाय खुम्चिएका कारण बैंकहरूले सरकारलाई तिर्ने कर पनि खुम्चिएको हो ।

चालु आवमा पहिलो त्रैमासमा नबिल बैंकले सरकारलाई सबैभन्दा बढी कर तिरेको छ भने बढी कर तिर्नेको दोस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट बैंक बनेको छ । बढी कर तिर्ने तेस्रो बैंक बनेको छ ग्लोबल आईएमई बैंक । गत आवको सोही अवधिको तुलनामा १८ बैंकको सरकारलाई तिर्ने आयकर वृद्धि हुँदा २ बैंकको भने घटेको छ । सरकरी स्वामित्वका कृषि विकास बैंक र नेपाल बैंकको भने आयकर तिर्ने क्षमता घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नबिल बैंकले सरकारलाई ६७ करोड ८८ लाख ६३ हजार रुपैयाँ आयकर तिरेको छ । सरकारलाई बैंकले तिरेको सो कर गत आवको सोहि अवधिको तुलनामा बढेको हो । बैंकले गत वर्षमा सरकारलाई ६३ करोड ३४ लाख ७४ हजार रुपैयाँ आयकर तिरको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले सरकारलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ करोड ९३ लाख २७ हजार रुपैयाँ आयकर तिरेको छ । सो बैंकले गत वर्षको सोही अवधिमा सरकारलाई ४८ करोड ८८ लाख आयकर तिरेको थियो । बैंकले चालु आवको पहिलो त्रैमासमा तिरेको कर गत आवको भन्दा बढी हो ।

त्यसैगरी ग्लोबल आईएमई बैंकले सरकारलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ३६ लाख आयकर तिरेको छ । बैंकले गत आर्थिक वर्षको सोही समीक्षा अवधिमा ४९ करोड ७५ लाख ५४ हजार रुपैयाँ सरकारलाई आयकर तिरेका थिए ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकले सरकारलाई ४९ करोड ३४ लाख ६१ हजार रुपैयाँ आयकर तिरेको छ । बैंककोे गत वर्षको सोही अवधिमा सरकारलाई ३७ करोड ८१ लाख रुपैयाँ आयकर थियो । त्यसैगरी गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ८२ लाख ४७ हजार सरकारलाई आयकर तिरेको हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड २६ लाख ५० हजार रूपैया आयकर तिरेको छ ।

गत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ८० लाख ८३ हजार रुपैयाँ सरकारलाई आयकर तिरेको एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड २८ लाख सरकालाई आयकर तिरेको हो ।

एनआईसी एशिया बैंकल चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड ५२ लाख सरकारलाई आयकर तिरेको छ । बैंकले गत वर्षको समीक्षा अवधिमा ७५ करोड २९ लाख आयकर तिरेका थिए ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ८४ लाख ८८ हजार रुपैयाँ आयकर तिरेको छ । बैंकको गत वर्षको सोही अवधिको तुलनामा सरकारलाई तिरेको आयकर चालु अवको सोही अवधिमा बढेको हो । बैंकले गत अवको समीक्षा अवधिमा सरकारलाई आयकर ५३ करोड ४२ लाख ९१ हजार रुपैयाँ तिरेका थिए ।

सरकारलाई प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ३२ लाख ८७ हजार रुपैयाँ आयकर तिरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३१ करोड ११ लाख आयकर तिरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३५ करोड ४७ लाख २८ हजार रुपैयाँ आयकर तिरेको छ । बैंकले गत अवको समीक्षा अवधिमा ३४ करोड ७७ लाख सरकारलाई आयकर तिरेको थियो ।

त्यस्तै एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारलाई ३३ करोड ४६ लाख ११ हजार रुपैयाँ आयकर तिरेको छ । गत वर्षको सोही अवधिमा बैंकले सरकारलाई तिरेको आयकर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको हो । सरकारलाई बैंकले गत वर्षको सोही अवधिमा ३६ करोड ९५ लाख आयकर तिरेका थिए ।

गत वर्षकोे चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारलाई १९ करोड ३३ लाख रुपैयाँ आयकर तिरेको माछापुच्छ्रे बैैकले चालु आर्थिक वर्षको सोही अवधिमा २३ करोड २३ लाख ८८ हजार रुपैयाँ सरकारलाई आयकर तिरेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा सरकारलाई तिरेको आयकर बढि हो ।

सरकारलाई नेपाल एसबिआई बैकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ५३ लाख ६२ हजार रुपैयाँ आयकर तिरेको छ ।

बैंकले गत वर्षको समीक्षा अवधिमा २६ करोड ८८ आयकर तिरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले सरकारलाई तिरेको आयकर चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेको हो ।

सरकारलाई गत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४८ लाख आयकर तिरेको सानिमा बैंकले चालु आवको सोही अवधिमा १९ करोेड १८ लाख मात्र सरकारलाई आयकर तिरेको छ ।

बैंकले सरकारलाई तिरेको आयकर गत अवको समीक्षा अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कम तिरेको छ ।

यता कुमारी बैंकले सरकारलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ४३ लाख ७६ हजार रुपैयाँ आयकर तिरेको छ । सो बैंकको गत आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ९१ लाख ९७ हजार रुपैयाँ सरकारलाई आयकर तिरेका थिए ।

सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड २४ लाख सरकारलाई आयकर तिरेको छ । सो बैंकले गत वर्षको सोही अवधिमा २१ करोड ४८ लाख रुपैयाँ आयकर तिरेको थियो ।

त्यस्तै गत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ६० लाख सरकारलाई आयकर तिरेको लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ करोड १६ लाख १ हजार रुपैयाँ आयकर तिरेको छ । बैंकले गत अवको समीक्षा अवधिमा चालु आयकर तिरेको हो ।

त्यसैगरी सिद्धार्थ बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारलाई २७ करोड ५६ लाख आयकर तिरेको छ । सो बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २२ करोड २७ लाख मात्र सरकारलाई आयकर तिरेको थियो ।

गत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारलाई २६ करोड २० लाख आयकर तिरेको कृषि विकास बैंकले चालु अवको सोही अवधिमा सरकारलाई १५ करोड ११ लाख १ हजार रुपैयाँ मात्र आयकर तिरेको छ । बैंकको गत अवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा सरकारलाई तिरेको आयकर घटेको हो ।

त्यस्तै नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारलाई ३८ करोड ४५ आयकर तिरेको छ । बैकले गत आर्थिक वर्षको सोही अवधिमा सरकारलाई १९ करोड १० लाख ५८ हजार रुपैयाँ आयकर तिरेका थिए ।

देशमा सञ्चालित २० वटा वाणिज्य बैंकहरू छन् । जसमध्ये कृषि विकास बैंक र नेपाल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारलाई तिरेको आयकर गत आवको भन्दा कम छ ।

गत आर्थिक वर्षको अन्तिममा वाणिज्य बैंकहरूले सरकारलाई २९ अर्ब २६ करोड २२ लाख २१ हजार रुपैयाँ आयकर तिरेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स