काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको यो निर्णयले सेयरधनीको हात रित्तै हुने भएको छ । कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरण योग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
सोही निर्णय गरी बैंकले सो आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरेको छ।