लाभांश पारित गर्न सिद्धार्थ बैंकले डोक्यो साधारणसभा

काठमाडौं। सिद्धार्थ बैंकले पनि वार्षिक साधारणसभा डाकेको छ । बैंकले मंसिर ५ गते डाकेको साधारणसभाले लाभांश पारित गर्नुका साथै मर्जर तथा एक्विजिनसनको प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले लाभांश पारित गर्नुका साथै मर्जर तथा एक्विजिसनको प्रस्ताव पारित गर्ने छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेण्डा साधारणसभा लैजाँदै छ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ छ। सेयरधनीले ५९ करोड रुपैयाँ पाउने छन्।

बैंकले यस बाहेक उपयुक्त संस्थासँग मर्जर तथा एक्विजिसनका लागि आवश्यक प्रकृया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई दिने एजेण्डा पनि लैजाँदैछ ।

बैंकका कात्तिक २० गतेसम्मका सेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स