बैंकहरूको विवरणयोग्य नाफा साढे ४ अर्ब घाटामा, १२ बैंकको नेगेटिभ हुँदा अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ, असोज)मा वाणिज्य १२ वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा घाटामा देखिएको छ । बैंकहरूले गरेको कर्जा प्रवाहको ब्याज नउठ्दा वितरणयोग्य मुनाफा घाटामा देखिएको हो । वितरणयोग्य नाफा घाटामा जानु भनेको बैंकले सेयरधनीलाई लाभांश बाड्न नक्नु हो ।

चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको वितरण योग्य मुनाफा ४ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ घाटामा देखिएको छ । यसको अर्थ आगामी त्रैमासमा बैंकहरूको वितरणयोग्य नाफा बढेर अहिले भएको नोक्सान पूर्ति गरेपछिमात्रै बैंकहरूले सेयरधनीलाई वितरण गर्ने नाफा बाड्ने रकम छुट्याउन सक्ने पूर्व बैंकर भुवन दाहालले बताए ।

‘अहिले देखिएको घाटा परिपूर्ति भएपछिमात्रै लाभांशको लागि रकम छुट्टिने हो,’ उनले भने ‘पहिलो त्रैमासमा वितरणयोग्य मुनाफा कम देखिका १२ वटा बैंकले पहिला अहिलेको घाटा फूलफिल गर्नुपर्छ । अबको त्रैमासमा ब्याज उठाएर यो घाटा व्यहोरिसेकपयिहोरिसेकपछि कमाएको पैसाबाट सेयरधनीलाई लाभांश बाड्ने हो ।

जस्तै सानिमा बैंकको चालु आवको पहिलो त्रैमासमा १३ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य नाफा घाटामा देखिएको छ । बैंकले आगामी दिनमा सो घाटा परिपूर्ति गरिसकेपछि बाँकी भएको यस्तो नाफाबाटमात्रै सेयरधनीलाई लाभांश बाड्न पाउने हो । अहिले घाटा भएको रकम पूर्तिमात्रै भयो भने बैंकसँग लाभांश बाड्ने पैसा नै हुँदैन ।

१०९.७२ प्रतिशतले घटेको छ । गत आवमा ४६ अर्ब ६८ करोड २ लाख ७६ हजार रुपैयाँ विवरणयोग्य नाफा रहेको बैंकहरूको सो नाफा चालु आवको सोही अवधिमा जम्मा ४ अर्ब ५३ करोड ८३ लाख ३७ हजारमा खुम्चिएको छ ।
गत आवको वितरणयोग्य नाफा बढी देखिनु भनेको बैंकहरूले गत आवको नाफाबाट सेयर धनीलाई लाभांश वितरण गरिनसक्नु हो । असोजसम्म एजीएम गरिसकेका बैंकहरूले सेयरधनीको खातामा लाभांश पठाएपनि अन्य बैंकको वितरणयोग्य मुनाफा चालु आवमा पनि जोडिएर आएकोले बढी देखिएको बैंकर दाहालले बताए

‘बैंकहरूले वित्तीय विवरण प्रकाशित गर्दा गत आवको वितरणयोग्य नाफालाई छुट्याएर यस आवको मात्रै वितरणयोग्य नाफा प्रकाशित गर्नु पर्ने हो,’ उनले भने ‘त्यसो नगरी एजीएम हुन बाँकी रहेका बैंकहरूले गत आवको वितरणयोग्य नाफासहितको वित्तीय विवरण प्रकाशित गरिदिए ।

चालु आवको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ८१ करोड ५५ लाख ५४ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको छ । बैंकको वितरणयोग्य नाफा गत आवकोभन्दा घटेको छ । गत आर्थिक वर्षको सो अवधिमा बैंकको यस्तो नाफा ३ अर्ब १७ करोड ५५ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको पहिलो त्रैमासमा सिद्धार्थ बैंकले ७१ करोड ३९ लाख ९९ हजार वितरणयोग्य नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब २२ करोड ५१ लाख४७ हजार रुपैयाँ थियो । स्ट्याण्र्डड चार्टड बैंकले ४३ करोड ५५ लाख ५५ हजार वितरणयोग्य नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४८ करोड ५५ लाख ९८ हजार रुपैयाँ नाफा भएकोे थियो ।

त्यस्तै प्राइम कमर्सियल बैकंले ४२ करोड ३१ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ७ करोड ३६ लाख ५० हजार वितणयोग्य नाफा गरेको थियो ।

एभरेष्ट बैंकले समीक्षा अवधिमा ४१ करोड ५ लाख ३६ हजार रुपैयाँले नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा ४ अर्ब ७१ करोड ६८ लाख ५७ हजार नाफा गरेको थियो । प्रभु बैंकले १६ करोड ३४ लाख ७४ हजार रुपैयाँ वितणयोग्य नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा ३० करोड ९३ लाख ६२ हजार नाफा कमाएको थियो ।

त्यस्तै ग्लोबल आईएमई बैंकले पनि ७ करोड ९४ लाख ४१ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको छ । सो बैंकले गत अवको सोही अवधिमा ३ अर्ब ४५ करोड ९० लाख २६ हजार नाफा कमाएको थियो । त्यसैगरी माछापुच्छ्रे बैंकले पनि १ करोड ६० लाख ११ हजार वितरणयोग्य नाफा गरेको छ ।

यस बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५४ करोड ४८ लाख ८ हजार वितणनयोग्य नाफा गरेको थियो । यता सानिमा बैंक भने १३ करोड ६१ लाख ५७ हजार रुपैयाँ घाटा भएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४० करोड ४२ लाख ४ हजार थियो ।

अर्को सिटिजन्स बैंकले पनि वितरणयोग्य नाफा २५ करोड ६६ लाख ३९ हजार रुपैयाँ घाटामा गएको छ । सो बैंकले गत आर्थिक वर्षको सोही अवधिमा यस्तो १ अर्ब २४ करोड २७ लाख ८४ हजार थियो । त्यसैगरी एनएमबि बैंकको यस्तो नाफा पनि २९ करोड ६ लाख १४ हजार रुपैयाँले घाटामा गएको छ । यस बैंकको गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २३ करोड ३१ लाख ७४ हजार थियो ।

अर्को नबिल बैंकको विवरणयोग्य नाफा पनि ३५ करोड १२ लाख ९८ हजार घाटामा छ । सो बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९१ करोड ६१ लाख ७४ हजार नाफा गरेको थियो । नेपाल बैंक पनि ६ करोड ५८ लाख ३७ हजार रुपैयाँले घाटामा रहेको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९० करोड ४४ लाख २९ हजार थियो ।

त्यस्तै लक्ष्मी सनराइज बैंकको पनि विवतरणयोग्य नाफा ८७ करोड ६० लाख ७१ हजार रुपैयाँले घाटामा गएको छ ।
एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा पनि ९ करोड ९४ लाख ४ हजार रुपैयाँले घाटा भएको छ । सो बैंकको गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २० करोड ६४ लाख २० हजार वितरणयोग्य थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको पनि वितरणयोग्य नाफा घटेको छ । १ अर्ब ११ करोड ६२ लाख २ हजार रुपैयाँले घाटा भएको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधि हेर्ने हो भने २ अर्ब ४० करोड २८ लाख ४३ हजार कुमारी बैंक १ अर्ब ३१ करोड ७३ लाख ६३ हजारले घाटामा गएको छ । सो बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड ४६ लाख ६९ हजार रुपैयाँ थियो, कृषि विकास बैंक १ अर्ब ५७ करोड २४ लाख ५२ हजार रुपैयाँले घाटामा गएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स