नेपाल इन्फ्रास्ट्रकचर बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २० गते बसेको संचालक समितिको बैठकले उक्त आवकोृ मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ले हुने ९० करोड ९४ लाख ६८ हजार रुपैंयाँ नगद लाभांश (लाभांश कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीशरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स