बैंकले प्रिमियम घटाउन थालिसके,अब ब्याजदर घट्छ : एनबीए अध्यक्ष सुनिल केसी

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) का अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै जाने बताएका छन् । बैंकर्स संघको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले सो कुरा बताएका हुन् ।

उनले बैंकहरुले लिने प्रिमियम बिस्तारै घटाउँदै लगेकाले अब व्याज दर घट्दै जाने भएकाले तत्कालको लागि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । ‘अहिले बैंकहरुको औसत व्याज दर १०.०९ प्रतिशत छ । चालु आवको पहिलो त्रैमासिकमा एनपीएल बढ्दा १६ अर्ब रुपैयाँ प्रोभिजन बढेको छ ।’ उनले भने, ‘यो अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ७ अर्ब रुपैयाँ मात्रै थियो । चालु आवको प्रथम त्रैमासिकमा १३ वटा बैंकको नाफा घटेको छ ।’

‘ब्यापार व्यवसाय सुस्ताएका कारण त्यसको प्रभाव स्वतः बैंकहरुमा परेको हो । पछिल्लो समय बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन बढाएर ८४ अर्ब रुपैयाँ कर्जा बढाएको छ।’ उनले भने, ‘गत वर्ष बैंकहरुको औसत खराब कर्जा २.९८ प्रतिशत रहेकोमा बढेर असोज मसान्तसम्म खराब कर्जा ३.६१ प्रतिशत पुगेको छ ।’

‘बाहिरका देशहरुमा पनि खराब कर्जा धेरै बढेको देखिन्छ, अब कसरी सुधार गर्ने भनेर हामीले काम गरिरहेका छौं,’ उनले भने, ‘खराब कर्जा प्रति सजग बन्नु पर्छ तर डराउनु पर्ने अवस्था छैन’,उनले भने ।

एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितकालाई ५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाको जानकारी दिए । केसीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स