सानिमा बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख रूपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । सानिमा बैंकले भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख रूपैयाँ सहयोगको प्रतिबद्धता गरेको छ ।

सानिमा बैंक परिवार भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको छ ।

जाजरकोट केन्द्रबिन्दु भई कार्तिक १७ गते राति गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स