नेपाल एसबिआई बैंक र बर्जर जेन्सन एन्ड निकोल्सनबीच फाइनानसिङलाई सहज बनाउने सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रा. लि. (बीजेएन)बीच बैंकको चालू पूँजी आवश्यकता अन्तर्गत फाइनानसिङलाई सहज बनाउन सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र बिक्रेताहरुका प्रतिनिधि बीजेएनका तर्फबाट व्यवस्थापन सल्लाहकार साइबल घोशको हस्ताक्षर बीच बैंकका अन्य पदाधिकारीहरुका उपस्थितिमा सम्पन्न भएको हो ।

यस बैंकले ९६ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स