आजबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु, कति ग्रामको कति छ मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट सुनका असर्फी र चाँदीका सिक्का बेच्न थालेको छ । राष्ट्र बैंकको टक्सार विभागले तिहारलाई लक्षित गरी विभिन्न तौलका सुनका असर्फी र चाँदीका सिक्का बेच्न थालेको हो ।

बैंकले आज कात्तिक १९ गतेदेखि शुरु भएको असर्फीको बिक्री कात्तिक २४ गते शुक्रबारसम्म जारी रहने जनाएको छ ।

बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराएको छ । गाई अंकित २५ ग्राम, १० ग्रामका चाँदीका सिक्का, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम चाँदीका सिक्का समेत बिक्री गर्ने जनाएको छ । उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले २.५ देखि २५ ग्रामसम्मका सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) १ हजार ६ सय रुपैयाँदेखि १ लाख २ हजार ३ सय ६५ रुपैयाँसम्म बिक्री गर्ने जनाएको छ ।

बैंकले २.५ ग्रामका सुनको असर्फीको मूल्य २५ हजार ५ सय ९२ रुपैयाँ, ५ ग्रामको असर्फीको मूल्य ५१ हजार १ सय ८३ र १० ग्रामको असर्फीको मूल्य १ लाख २ हजार ३ सय ६५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, १० ग्राम चाँदीको सिक्का १ हजार ६ सय र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्य तोकिएको छ । १० ग्राम चाँदीको सिक्कामा लक्ष्मी र गणेश र गजलक्ष्मी र गाई अंकित छन् भने २५ ग्रामको सिक्कामा गाई अंकित छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स