कृषि विकास बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढ्यो, ईपीएस कति ?

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा २२ करोड ९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकले २ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८३ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेको छ।

बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४७ लाख रहेको छ।

बैंकले ९० करोड ८३ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २४ करोड ६५ लाख रुपैयाँ रहेको थियो।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ५.३३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.३८ प्रतिशतमा सीमित थियो।

एनपीएल बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ७८ करोड ४८ लाख रुपैयाँ थियो।

बैंकले २ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी १८ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ४.४८ प्रतिशतले बढेर १३ अर्ब ९२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १३ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २८.८३ रुपैयाँले ऋणात्मक बनेको छ। अघिल्लो वर्ष ईपीएस ४.२३ रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ २०६.१७ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स