कुमारी बैंकको नाफा ७३.६४ प्रतिशतले घट्यो

काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.६४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ६३.६० प्रतिशतले बढेर ३ अर्ब ४ करोड रुपैयाँ माथि पुगेपनि खराब कर्जामा उच्च वृद्धि भएपछि नाफा प्रभावित भएको हो । खरब कर्जा १.२८ प्रतिशत बाट बढेर गत असोज मसान्तसम्मा ४.८९ प्रतिशत पुगेको छ । यस बैंकले ठूलो रकम इम्पेयरमेन्ट चार्जका लागि छुट्याएको छ ।

यसका लागि २ अर्ब १८ करोड रुपैयाँ बढी रकम छुट्याएको हो । खुद नाफा घटेपछि कुमारीको प्रतिसेयर आम्दानी २३.२० रुपैयाँले घटेर ४.०३ रुपैयाँमा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २७.२३ रुपैयाँ थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स