पहिलो त्रैमासः प्रभु बैंकको नाफामा छलाङ, पहिलो त्रैमासमै नाफा १ अर्बमाथि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको नाफा १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा गरेको नाफा गत आवकोभन्दा ४६.७० प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा ७० करोड ५० लाख रुपैयाँ रहेको थियो ।

चालु आवको यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ८० लाख ७४ लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा ५१.३२ प्रतिशतले बढेर १ अर्ब ५४ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

२ खर्ब ७६ अर्ब १४ करोड ८७ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३६ अर्ब ६६ करोड ४२ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब ९३ करोड २८ लाख ३६ हजार रहेको छ ।

बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स