पहिलो त्रैमासः गरिमा विकास बैंकको नाफा र प्रतिसेयर आम्दानी दुबै बढ्यो

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.२५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो।

बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.५७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १२.२९ प्रतिशत र सञ्चालन मुनाफा ४.३२ प्रतिशत बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३८ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ४६ पैसा रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६३ पैसा बढेर १५ रुपैयाँ ५४ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २३.४९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७१ पैसा रहेको छ ।

५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप १.८२ प्रतिशत बढेको छ भने कर्जा १.२८ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स