पहिलो त्रैमासः ग्लोबल आईएमई बैंकको नाफा १ अर्ब २२ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफामा दबाब परेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.१९ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४७.३५ प्रतिशत र सञ्चालन मुनाफा ६.४२ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा २.१ प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेको छ भने इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ७८ करोड १७ लाख रुपैयाँ पुगेको छ । जसका कारण बैंकको खुद नाफामा दबाब पर्न गएको हो।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ २९ पैसा घटेर १३ रुपैयाँ ७१ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसा रहेको छ ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स