काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा यस वर्ष नबिलको नाफा ११ करोड रुपैयाँले घटेको देखिएको छ ।
यद्यपि बैंकले निक्षेप संकलन तथा कर्जा लगानीमा भने सुधार गरेको छ । बैंकले यसपाली असोज मसान्तसम्ममा ४ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ४ खर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।
२०७९ असोज मसान्तमा बैंकले जम्मा ३९६ रुपैयाँ निक्षेप संकलन गरि ३३२ अर्ब रुपैयाँ कर्जा लगानी गरि ३६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिलको जगेडा कोषमा २८ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २१.३१ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ ।
नबिलको खराब कर्जा १.५८ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.८९ प्रतिशत छ । बैंकको सीडी रेसियो ८६.५३ प्रतिशत रहँदा आधार ब्याजदर ९.५८ प्रतिशत छ ।
नबिलको स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ । नबिलको वितरण योग्य नाफा भने पहिलो त्रैमासिकमा ३५ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।