‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा

काठमाडौं । ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण दिवस’ को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको सेवाहरु, माध्यमहरु र खाताहरु सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल–सीएफटी प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् ।

नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादवले, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल र अन्य पदाअधिकारीहरूको उपश्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स