काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३७ करोड ८६ लाख रुपैयाँ थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड २४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.९९ प्रतिशत बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ६.८४ प्रतिशत बढेर ७० करोड ६५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ९.२८ प्रतिशत बढेर ५९ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६५ पैसा बढेर ७ रुपैयाँ ६६ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ ११२ रुपेयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.३६ गुणा रहेको छ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १०८.१३ प्रतिशत बढेको छ भने कर्जा ६.३१ प्रतिशत बढेको छ ।