लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीहरुका नाममा रहेको ३७ हजार ३१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

उक्त सेयरमा विद्यमान अन्य संस्थापक सेयरधनीले खरिद आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स