नेपाल बैंकर्स संघको साधारणसभा कार्तिक २३ गते, अबको अध्यक्ष को ?

काठमाडौं । नेपाल बैंकर्स संघको साधारणसभा कार्तिक २३ गते हुने भएको छ । संघको आइतबार बसेको बैठकले उक्त दिन संघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए ।

आइतबारै निर्णय भएपनि आज मंगलबारमात्रै साधारणसभाको विषयका सम्बन्धमा बैकहरूलाई जानकारी दिन लागिएको उनले बताए । कार्तिक २३ गते हुने साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । संघको कार्यसमितिको कार्यकाल २ वर्षेको हुनेछ । २७ वटा वाणिज्य बैंकबाट बैंकको प्रतिनिधित्व गर्दै संघको अध्यक्ष चयन हुने हो ।

अब बन्ने नयाँ कार्यसमितिमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत संघको अध्यक्ष बन्ने सम्भावना देखिएको छ । संघमा ९ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । संघ कार्यसमिति सदस्यले दोहोराएपनि अध्यक्षले भने दोहोराउने व्यवस्था छैन । सो कारणले पनि उपाध्ययले अबको नयाँ कार्यसमितिको नेतृत्व गर्नेछन् ।

हाल उपाध्यक्षमा उपाध्यक्ष हुन् भने उनीसँगै अनिल उपाध्याय र सदस्यहरुमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार डे निर्वाचित भएका थिए ।

संघमा उपाध्यक्ष नै अध्यक्ष बन्नु पर्ने कुनै व्यवस्था छैन । यद्यपि हाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र नबिल बैंकको सीईओ अनिलकेशरी शाह भने संघको उपाध्यक्षबाट अध्यक्ष बनेका हुन् । हालका अध्यक्ष भुवन दाहाल भने अध्यक्ष बन्नु अघि संघको कार्यसमितिमा समेत थिएनन् ।

नेपाल बैकर्स संघ भनेको भद्र सस्था भएकोले भद्र सहमतिबाट अध्यक्ष चयन हुने भएकोले अबको अध्यक्ष भनेको कृषि विकास बैंकका सीईओ उपाध्यय नै अध्यक्ष बन्ने निश्चित जस्तै हो ।

यदि कुनै पनि अध्यक्षले आफू संघको अध्यक्षमै रह्दा बैंकको प्रमुख कार्यकारी अधिकृतको पद छाडेमा संघको अध्यक्षको पदका लागि पुनः अर्को सीईओ ल्याउनु पर्ने व्यवस्था छ । यसअघि अनिलकेशरी शाहले संघको अध्यक्ष रह्दा नै मेगा बैंक छाडेकाले उनी उक्त पदबाट हटेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स