सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले आज कार्तिक १३ गते का दिन विहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । यस सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो ।

मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आखा अस्पताललाई रकम २ लाख रूपैयाँको आर्थिक सहयोग उपलब्ध गराइएको थियो । यस वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरेका थिए ।

बैंकको संचालक समितिका अध्यक्ष उज्ज्वल सत्यालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा बैंकमा ५ वर्ष भन्दा बढी अवधी काम गरेका कर्मचारीहरुलाई एक्सिलेन्स अवार्ड वितरण तथा केक कटिङ कार्यक्रम समेत गरिएको थियो ।

यस लगतै कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बैंकको १९औं वार्षिकोत्सवले थप उर्जा प्रदान गरेको र आगामी दिनहरुमा पनि बैंकका सब परिवारले मिलेर थप मिहिनेतका साथ बैंकलाई उचाईमा पुर्‍याउने विश्वास व्यक्त गर्दै सम्वन्धित सबैलाई धन्यवाद दिई कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स