कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकले संस्थापक सेयरधनीहरुका नाममा रहेको १ लाख १५ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन पेस गर्न सकिनेछ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स