अमेरिकी डलरको भाउ स्थिर रहँदा अन्य विदेशी विनिमयको भाउ कस्तो ?

काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरोको भाउ भने बढेको छ । बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.९० रुपैयाँ रहँदा बिक्री दर १३३.५० रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।

१ युरोको खरिद दर आज १४०.४२ रुपैयाँ पुगेको छ । बिक्री दर १४१.०५ रुपैयाँ छ । आइतबार १ युरोको खरिद दर १४०.४० रुपैयाँ र बिक्री दर १४१.०३ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६१.२४ रुपैयाँ र बिक्री दर १६१.९७ रुपैयाँ रहेको छ । हिजो १ पाउण्डको खरिद दर १६१.२८ रुपैयाँ र बिक्री दर १६२.०१ रुपैयाँ थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स