बैंक तथा वित्तीय संस्थाको नाफा १५ अर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामा देशमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले १५ अर्ब १८ करोड ४० लाख रुपैयाँ नाफा गरेका छन् । साउन पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाको यस्तो नाफा ७ अर्ब १२ करोड ४० लाख थियो । भदौमा पुग्दा बैंक तथा वित्तीय संस्थाले नाफा बढाएर १५ अर्बभन्दा माथि पुर्याएको हुन् । गत वर्षको साउन र भदौमा बैंक तथा वित्त संस्थाहरूले ११ अर्ब २० करोड ४० लाख रुपैयाँ नाफा कमाएका थिए ।

तथा वित्तीय संस्थाले भदौ महिनासम्म कमाएको सो नाफामध्ये १३ अर्ब ६६ करोड ३० लाख रुपैयाँ वािणज्य बैंकहरूले २ महिनामा गरेका नाफा हो । साउनमा २७ वटा वाणिज्य बैंकहरूको ६ अर्ब ३१ करोड १० लाख रुपैयाँ नाफा गरेका थिए । गत वर्षको २ महिनामा वाणिज्य बैंकहरूले १० अर्ब १८ करोड ६० लाख रुपैयाँ नाफा कमाएका थिए ।

चालु आर्थिक वर्षको पहिलो २ महिनामा विकास बैंकहरूले १ अर्ब २७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । साउनमा यस्तो नाफा ६४ करोड ९० लाख रुपैयाँमात्रै थियो । भदौ लागेपछि बैंकहरूले ह्वात्तै नाफा बढाएका छन् । देशमा १८ वटा विकास बैंक सञ्चालनमा रहेका छन् भने १७ वटा फाइनान्स कम्पनी रहेका छन् । विकास बैंकहरूले गत वर्षको साउन र भदौमा गरी १ अर्ब ८० लाख रुपैयाँ नाफा कमाएका थिए ।

समीक्षा अवधिमा फाइनान्स कम्पनीहरूले २४ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् । साउनमा भने फाइनान्स कम्पनीहरूको नाफा १६ करोड ४० लाख रुपैयाँ थियो । गत आवमा फाइनान्स कम्पनीले भने अत्यन्तै कम नाफा कमाएका थिए । गत वर्षको भदौमा भने देशमा १७ वटा वाणिज्य बैंक, १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनी सञ्चालनमा थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स