सानिमा बैंकको ‘मेड इन नेपाल’ चाडपर्व लक्षित योजना

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘मेड इन नेपाल’ चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणाली मार्फत भुक्तानी गरेमा विशेष छुट तथा क्यास ब्याक को व्यवस्था गरेको छ ।

उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारीक केन्द« तथा प्रतिनिधिहरुसँग सहकार्य गरिएको छ । यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्घन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने छ ।

यो योजना २०८० आश्विन २७ देखि २०८० मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ । ग्राहकहरुले सानिमा डेबिट÷क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४०% सम्मको छुटका साथै बैंकबाट १०% वा अधिकतम ३०० रूपैयाँ सम्मको क्यास ब्याक लाभ लिन सक्नेछन् ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । यसै गरी, सानिमा डेबिट÷क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, सपि आउटलेट, होटल, रेष्टुरेन्ट र अन्य मर्चेन्टहरमा विभिन्न छुटहरु प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स