सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष योजना

काठमाडौं । सानिमा बैंक र एफ १ सफ्ट प्रा.लि.को सहकार्यमा, सानिमा सजिलो ई बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ । यो योजना असोज २८ देखि मसिंर ०३ गते सम्म लागु हुनेछ ।

यस अन्तर्गत, मोबाइल बैंकिङबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जना ग्राहकहरु विजेता हुन सक्नेछन् । यसमा सहभागीताका लागी ग्राहकहरुले न्युनतम ५०० रूपैयाँको टपअप, १०० रूपैयाको डाटा प्याक र २०० रूपैयाँको रकमान्तर गर्नुपर्ने हुन्छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा उपलब्ध छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स