आरएसडिसी लघुवित्तको नाफा बढ्यो, ईपीएस कति ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद नाफा ६.६५ प्रतिशत बढेको हो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको नाफामा थोरै सुधार देखिएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.९६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५४.५९ प्रतिशत घटेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १४.८५ प्रतिशत घटेको छ । सञ्चालन मुनाफा ६.४४ प्रतिशत बढेको छ ।

असोज मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा १० करोड १३ लाख रुपैयाँ रहेको छ । नाफा बढेपनि लघुवित्तको प्रतिेियर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ पैसा घटेर १८ रुपैयाँ ७६ पैसामा सीमित भएको छ । असोज मसान्तसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात २९.७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९३ पैसा रहेको छ ।

पछिल्लो तीन महिनामा लघुवित्तको चुक्ता पुँजी ८ प्रतिशत बढेर ८६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा लघुवित्तको जगेडा कोष ७.८८ प्रतिशत, सापटी ९.०५ प्रतिशत र कर्जा ४.८२ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स