बैंक तथा वित्तीय संस्थाले दुई महिनामा सरकारलाई आयकर तिर्न छुट्याए ७ अर्ब

काठमाडौं । देशमा सञ्चालित बैंक तथा वित्तीय संस्थाले सरकारलाई आयकर तिर्न ७ अर्ब ६४ करोड रुपैयाँ छुट्याएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले सरकारलाई आयकर तिर्न ७ अर्ब ५४ करोड रुपैयाँ आयकर तिर्न छुट्याएका थिए । गत आवको साउन र भदौ महिनाको तुलनामा यस वर्षको समीक्षा अवधिमा छ्ट्याएको आयकर १० करोड रुपैयाँले बढी हो । चालु आवको साउनमा बैंक तथा वित्तीय संस्थाले सरकारलाई आयकर तिर्नका लागि ३ अर्ब ६७ करोड रुपैयाँ छुट्याएका थिए ।

बैंक तथा वित्तीय संस्थाले सरकारलाई तिर्न छुट्याएको आयकरमध्ये ७ अर्ब १ करोड रुपैयाँ वाणिज्य बैंकहरूको हो । हाल देशमा २० वटा वाणिज्य बैंक सञ्चालनमा छन् । गत आवको साउन र भदौ महिनामा वाणिज्य बैंकहरूले ६ अर्ब ८९ करोड रुपैयाँ आयकर तिर्नका लागि रकम छुट्याएका थिए ।

विकास बैंकहरूले पनि सरकारलाई आयकर तिर्नको लागि चालु आवको पहिलो र दोस्रो महिना ५७ करोड ७० लाख रुपैयाँ छुट्याएका छन् । गत आवको सो अवधिका विकास बैंकहरूले ५२ करोड ७० लाख रुपैयाँ सो शीर्षकमा छुट्याएका थिए ।
त्यसैगरी फाइनान्स कम्पनीहरूले चालु आवको दुई महिनामा सरकारलाई आयकर तिर्न ६ करोड २० लाख रुपैयाँ छ्ट्याएका छन् । गत आवको सो अवधिमा भने १२ करोड ५० लाख रुपैयाँ आयकर तिर्न छुट्याएका थिए ।

देशमा सञ्चालित उद्यम व्यवसायीले प्रत्येक आवकोे त्रैमासको अन्तिम महिनामा सरकारलाई अग्रिम आयकर तिर्नुपर्ने हुन्छ । सोहि कारण बैंक तथा वित्तीय संस्था तथा अन्य उद्यम व्यवसायले पनि हरेक महिना सरकारलाई कर तिर्न रकम छुट्याउने गर्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स