सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण

काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

सपथ ग्रहण पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष पाण्डेले गर्भनर लगायत उपस्थित सम्पूणलाई धन्यवाद ज्ञापन गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाको वारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा गभर्नर अधिकारीले सम सामयिक एवम् समग्र बैकिङ क्षेत्रको विषयमा धारण व्यक्त गरे । अध्यक्ष पाण्डे बैंकको १७ औं साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । यस अघि पाण्डे बैंकको संचालक थिए ।

इन्जिनियरिङ संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशक भन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् । नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स